‘सम्हालिन्छ कहिले मन’को छायांकन सकियो

‘सम्हालिन्छ कहिले मन’को छायांकन सकियो

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सुदर्शन थापा निर्देशित सिनेमा ‘सम्हालिन्छ कहिले मन’को छायांकन सकिएको छ । सिनेमाको दुबईमा अन्तिम चरणको छायांकन गरिएको हो ।

त्रिकोणात्मक प्रेमकथाको सिनेमामा पूजा शर्मा, आकाश श्रेष्ठ, सोनम तोप्देन, सरोज खनाल, गौरी मल्ल, धिरेन शाक्यलगायतका कलाकारको अभिनय छ । यही सिनेमाबाट सोनम तोप्देन डेब्यू गर्दैछन् ।

एबी इन्टरनेशनल ब्यानरमा निर्माण भएको सिनेमामा अजित कुमार र अमित बस्नेतको लगानी छ । अंकित गौतम र सनिष खकुरेल कार्यकारी निर्माता रहेको सिनेमामा परि राना सह–निर्माता छन् ।

सिनेमामा महेश दवाडीको कथा, अर्जुन पोखरेल, सुगम पोखरेल र ताराप्रकाश लिम्बुको संगीत, सौरभ लामाको छायांकन, कविराज गहतराजको कोरियोग्राफी छ । यो सिनेमालाई भदौ १८ गते प्रदर्शन गर्ने तयारीमा रहेको निर्देशक थापाले बताए ।