सस्पेन्स थ्रिलर सिनेमा ‘ए’ को छायांकन सुरु

सस्पेन्स थ्रिलर सिनेमा ‘ए’ को छायांकन सुरु

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सिनेमा ‘ए’ को छायांकन सुरु भएको छ । मंगलबार शुभ मुहूर्त गर्दै सस्पेन्स थ्रिलर जनरामा निर्माण हुन लागेको छायांकन सुरु गरिएको हो । सिनेमाको काठमाडौं, भक्तपुर र बनेपामा छायांकन हुनेछ ।

सिनेमामा प्रमोद अग्रहरी, सोहित मानन्धर, छुल्ठिम गुरुङ, रिस्ता बस्नेत, रवि गिरी, प्रविण खतिवडा, विकेश प्रजापति, सुरुज विष्ट, समीक्षा क्षेत्री, सीएम भारद्वाज, आजित रेग्मी, विपिन कार्की र गीता विष्ट लगायतको मुख्य भूमिका रहनेछ ।

विलभ्ड इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको फिल्मलाई भोमन कटुवालले निर्देशन गर्नेछन् । सिनेमाको पटकथा तथा संवाद निर्देशक कटुवाल र आकाश उखेडाले मिलेर लेखेका हुन् । सिनेमामा प्रहलाद काफ्लेको लगानी रहेको छ ।