परिवारसँग जन्मदिन मनाउँदै आँचल

परिवारसँग जन्मदिन मनाउँदै आँचल

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेत्री आँचल शर्मा चैत्र ५ गते आफ्नो जन्मदिन मनाउँदैछिन् । उनी आजबाट २६ वर्ष पुगेकी छन् ।

अभिनेत्री आँचलले आफ्नो परिवारसँग जन्मदिन मनाएको केहि झलक इन्स्टाग्राम स्टोरीमा सेयर गरेकी छन् । ‘नाइ नभन्नु ल ४’बाट डेब्यू गरेकी आँचलले ‘जोनी जेन्टलमेन’, ‘शत्रुगते’, ‘ब्ल्याक’, ‘दाल भात तरकारी’ लगायतका सिनेमामा काम गरेकी छन् । भने, उनले सिनेमा ‘झिंगेदाउ’को छायांकन सकेकी छन् । यो सिनेमा प्रदर्शनको पर्खाइमा छ । केहि समय अगाडी आँचलले आफ्नै होम प्रोडक्सनबाट मिलन चाम्सको सहकार्यमा सिनेमा निर्माण गर्ने बताएकी थिइन् ।

उनी सिनेमासँगै म्युजिक भिडियोमा पनि उतिकै व्यस्त छिन् । उनले सयौं म्युजिक भिडियोमा काम गरिसकेकी छन् ।

द सिनेमा टाइम्सको तर्फबाट अभिनेत्री आँचल शर्मालाई जन्मदिनको शुभकामना !!!