फूलमान बल नेपाल टेलिभिजनको महाप्रबन्धकमा नियुक्त

फूलमान बल नेपाल टेलिभिजनको महाप्रबन्धकमा नियुक्त

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – रंग पत्रकार तथा निर्देशक फूलमान बल नेपाल टेलिभिजनको महाप्रवन्धकमा नियुक्त भएका छन् । बिहिबार बसेको मन्त्रिपरिषदको बैठकले बललाई चार वर्षका लागि नियुक्त गरेको हो ।

यसअघिका महाप्रवन्धक गोविन्द रोक्काको कार्यकाल सकिएपछि सञ्चार मन्त्रालयले महाप्रबन्धक पदमा दरखास्त आह्वान गरेको थियो । प्रतिस्पर्धीमध्येबाट फूलमानलाई सरकारले नियुक्त गरेको हो ।

काभ्रेपलाञ्चोकका फुलमान पत्रकारिता तथा साहित्य र सिनेमा निर्देशनमा समेत संलग्न छन् । उनी निर्देशित सिनेमा ‘निरफूल’ प्रदर्शनको तयारीमा छ । सिनेमामा दयाहाङ राईको मुख्य भुमिका रहेको छ ।