‘कान्तिपुर सिनेप्लेक्स’को शुभारम्भ

‘कान्तिपुर सिनेप्लेक्स’को शुभारम्भ

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – कान्तिपुर मिडिया ग्रुपले नयाँ टेलिभिजनको सुरुवात गरेको छ । ‘कान्तिपुर सिनेप्लेक्स’को शुक्रबार एक कार्यक्रमका बीच शुभारम्भ गरिएको हो । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले टीभीको शुभारम्भ गरेका हुन् ।

‘नेपाली सिनेमा क्षेत्रका लागि हामीले नयाँ ढंगले काम गर्ने सोच बनाइरहेका थियौं । यसपटक लकडाउनमा कान्तिपुर सिनेप्लेक्सको जन्म भएको’, उनले बताए । काठमाण्डौको याक एन्ड यती होटलमा आयोजित कार्यक्रममा नेपाली सिनेमाका कलाकार, निर्देशक, निर्माता, प्राविधिक तथा पत्रकारहरुको बाक्लो उपस्थिती रहेको थियो ।

टेलिभिजन शुभारम्भ कार्यक्रममा कलाकार हरिवंश आचार्यले १६ पैसामा सिनेमा हेरेको स्मरण गर्दै इतिहासमा बनेका सिनेमालाई ‘कान्तिपुर सिनेप्लेक्स’ले एचडीमा रुपान्तरण गरेर दर्शकलाई हेर्ने वातावरण बनाउने विश्वास व्यक्त गरे ।

अभिनेता राजेश हमालले सिनेमासँग सम्बन्धित च्यानल भएकाले सिनेमा क्षेत्रका लागि खुसीको कुरा रहेको बताए । टेलिभिजनको शुभारम्भ कार्यक्रममा शम्भुजित बाँस्कोटा, भुवन केसी, सुनील थापा, दीपकराज गिरी, केदार घिमिरे, अभिनेत्री निरुता सिंह, गौरी मल्ल, रेजिना उप्रेती, पूजा शर्मा, निर्देशक दीपाश्री निरौला, शोभित बस्नेत, सुदर्शन थापा लगायत लगायतले च्यानललाई सफलताको शुभकामना दिएका थिए ।