विश्व गौचनको नेतृत्वमा उपकरण संघको नयाँ कार्यसमिती

विश्व गौचनको नेतृत्वमा उपकरण संघको नयाँ कार्यसमिती

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – नेपाल चलचित्र उपकरण संघको ‘१३ औं वार्षिक साधारण सभा तथा प्रथम विधान सभा’ शनिबार सम्पन्न भएको छ । १३ औं वार्षिक साधारण सभाबाट विश्व गौचनको नेतृत्वमा नयाँ कार्यसमिती समेत चयन गरिएको छ । नेपाल चलचित्र उपकरण संघ सिनेमा छायांकनका लागि आवश्यक क्यामेरादेखि लाइटसम्मको उपकरणहरु उपलब्ध गराउने व्यवसायीहरुको छाता संस्था हो ।

असोज ५ गते संघले सर्वसम्मत रुपमा नयाँ कार्यसमिति पाएको थियो । कोरोनाका कारण संघले शपथ ग्रहणको कार्यक्रम भने स्थगन गरेको थियो । संघको उपाध्यक्षमा रमेश बुढाथोकी, महासचिवमा केशब घिमिरे, कोषाध्यक्षमा जीवन थापा, सदस्यहरुमा माधव थापा, विश्नु कल्पित, रुद्र गुरुङ, मनोज राजभण्डारी, राजन पुरी, शान्तिराम थापा, चेतनाथ तिमल्सिना चयन भएका छन् ।

चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा संघका निवर्तमान महासचिव सम्राट सापकोटाले अध्यक्षता गरेका थिए । बोर्ड अध्यक्ष दाहालले सिनेमा क्षेत्रलाई चलायमान बनाउन चलचित्र उपकरण संघले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । कार्यक्रममा सिनेमा सम्बद्ध विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो ।