‘अर्जुन रेड्डी’को नेपाली रिमेकको अडिसन सम्पन्न

‘अर्जुन रेड्डी’को नेपाली रिमेकको अडिसन सम्पन्न

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – दक्षिण भारतीय सिनेमा ‘अर्जुन रेड्डी’को नेपाली रिमेक बन्दैछ । यस सिनेमाको मुख्य पात्र छनोटको लागी केही दिनबाट राजधानीको एभरेष्ट फिल्म ऐकेडेमीमा अडिसन चलिरहेको थियो । निर्देशक विशाल सापकोटाका अनुसार सिनेमाको अडिसन सम्पन्न भएको छ ।

निर्देशक सापकोटाले ‘अर्जुन रेड्डी’ रिमेकको लागि करिब २ हजारले इमेल पठाएको र त्यसमध्ये ८ सय जनालाई अडिसनमा बोलाएको बताए । यो सिनेमा निर्माण हुने चर्चा चलेको लामो समयपछि मुख्य कलाकारको लागी अडिसन लिइएको हो । निर्माण टिमले अडिसन उत्साहजनक भएको जनाएको छ ।

युवा फिल्मस्को ब्यानरमा निर्माण हुने सिनेमाको छायांकन कलाकारको छनोटपछि वर्कसप गरेर सुरु हुनेछ । नेपालमा पहिलो पटक विदेशी सिनेमाको राइट्स किनेर निर्माण हुन लागेको पहिलो सिनेमा हो । बक्सअफिसमा सिनेमाको ओरिजिनल र रिमेक दुवैमा सुपरहिट भएको थियो ।