सौगात र अनुपसँग रोमान्स गर्दै बलिउड अभिनेत्री गीताञ्जली

सौगात र अनुपसँग रोमान्स गर्दै बलिउड अभिनेत्री गीताञ्जली

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड अभिनेत्री गीताञ्जली थापाको अभिनय रहने नेपाली सिनेमा ‘जार’को छायांकन बुधबारबाट सुरु हुँदैछ । सिनेमाको छायांकनको लागि अभिनेता सौगात मल्ल र अनुपविक्रम शाही सिक्किम पुगिसकेका छन् ।

फेरी टेल पिक्चर्स, होप रिल र एल सेभेन सर्टस्को व्यानरमा निर्माण हुने सिनेमा सत्य कथामा आधारित रहेर निर्माण हुनेछ । सन् १८ सयको दशक अन्त्यतिर सिक्किमेली समाजमा घटेको एक यथार्थ घटनामा आधारित रहेर सिनेमा बन्न लागेको निर्माण टिमले बताएको छ ।

अभिनेत्री थापाले बलिउडमा ‘बाइस्कोपवाला’, ‘स्टे डल्स’, ‘लायर्स डाइस’ लगायतका आधा दर्जनबढि सिनेमामा काम गरिसकेकी छिन् । उनले यही सिनेमाबाट पहिलो पटक नेपाली सिनेमामा डेव्यु गर्न लागेकी हुन् । सिनेमामा अधिकांश भारतीय कलाकारको अभिनय रहनेछ । फुर्वा छिरिङ लामाले निर्देशन गर्ने यो फिल्मको छायांकन पश्चिम सिक्किममा सुरु हुनेछ ।

अर्को बर्षको दशैं, तिहारलाई प्रदर्शन तार्गेट गरिएको सिनेमाको छायांकन अवधि २० दिन राखिएको निर्माण टिमले बताएको छ । ‘जार’ इन्द्र बहादुर राईको लेखनमा बन्न लागेको हो । सिनेमाको छायांकनदेखि सम्पादनसम्म सबै भारतिय प्राविधिक संलग्नता रहने निर्माण टिमले जनाएको छ ।