‘प्रेमगञ्ज’मा सिमरनसँगै टिकटकर्स प्रशान्त र सुप्रिया

‘प्रेमगञ्ज’मा सिमरनसँगै टिकटकर्स प्रशान्त र सुप्रिया

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – परिच्छेन सेनको लेखन तथा निर्देशनमा निर्माण हुने सिनेमा ‘प्रेमगञ्ज’को मुख्य कलाकार फाइनल गरिएको छ । निर्माण टिमले अडिसन मार्फत कलाकार छनोट गरेको हो ।

चलचित्र चौतारीको ब्यानरमा निर्माण हुने सिनेमामा राइडर प्रशान्त, सुप्रिया खनाल, सिमरन खड्का र बालकलाकार आयुषी ढकाल अनुबन्धित भएका हुन् । प्रशान्त र सुप्रिय टिकटकबाट चर्चामा आएका उनिहरुले अडिसनमा राम्रो गरेपछि सिनेमामा साइन गराएको निर्देशक सेनले बताए ।

दुई कालखण्डको प्रेमकथा प्रस्तुत गर्ने सिनेमामा तीनैजना पहिलो खण्डको जोडीको रुपमा अभिनय गर्नेछन् । निर्देशक परिच्छेदले हाल उनीहरू हुर्केको जोडीको रुपमा अभिनय गर्ने कलाकार खोजिरहेको र केही दिनमै त्यसको टुंगो लगाउने बताए ।

स्पोर्ट ब्वाई राजु फुयाल प्रस्तुतकर्ता रहेको सिनेमाको छायांकन चैतको २५ गतेबाट सुरु हुँदैछ । काभ्रे, जिरी र काठमाडौंमा सिनेमा छायांकन गरिने निर्माण टिमले जनाएको छ ।