अनिश्चत कालको लागि रोकियो ‘लप्पन छप्पन २’को रिलिज

अनिश्चत कालको लागि रोकियो ‘लप्पन छप्पन २’को रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – चैत २७ गते रिलिज हुने तयारीमा रहेको सिनेमा ‘लप्पन छप्पन २’को रिलिज अनिश्चत कालको लागि रोकिएको छ । स्वास्थ्य मन्त्रालयले गतसाता कोभिड– १९को जोखिम कायमै रहेकाले भीडभाडजन्य बैठक, जुलुस, कार्यक्रम र व्यापार नगर्न भनेपछि सिनेमाको रिलिज रोकिएको हो ।

निर्देशक तथा निर्माता मकुन्द भट्टले उक्त मितिमा सिनेमा रिलिज नहुने बताएका छन् । एक्सन ड्रामा सिनेमामा शिव श्रेष्ठ, सौगात मल्ल, अर्पण थापा, अनुपविक्रम शाही, प्रकाश कुँवर, स्व.दीपक क्षेत्री, सरिता गिरी, एञ्जल श्रेष्ठ, अनिल खनाल, राजेन्द्र विष्टलगायतका कलाकारको अभिनय छ । खिलेन्द्रराज तिमसिनाको प्रस्तुति ‘लप्पन छप्पन २’बाट शक्ति श्रेष्ठ, केरोलिन कोलिन्डा, सुपर गुरुङ, आना ढकाल, सृजना सिना, रन्जीत बन्तलगायतले अभिनयमा डेब्यु गर्दैछन् ।

सिनेमाको पटकथा र संवादमा निर्देशक भट्ट र सुनिल नेउरेले काम गरेका छन् । भने, पटकथामा अमित शर्माको पनि साथ छ । पुरुषोत्तम प्रधानले खिचेको सिनेमालाई मिलन श्रेष्ठले सम्पादन गरेका छन् । ‘लप्पन छप्पन २’ नेपालीसँगै हिन्दी, तमिल, तेलुगु, भोजपुरी र चाइनिज गरी ६ भाषमा रिलिज हुनेछ ।