शे–फोक्सुन्डोमा खिचियो ‘ए मेरो हजुर ४’ शिर्ष गीत

शे–फोक्सुन्डोमा खिचियो ‘ए मेरो हजुर ४’ शिर्ष गीत

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सिनेमा ‘ए मेरो हजुर ४’को शिर्ष गीतको छायांकन डोल्पाको शे–फोक्सुन्डो तालमा गरिएको छ । १० दिनपछि गीतको छायांकन सकाएर निर्माण टिम काठमाडौं फर्किएका छन्। गीत छायांकनको लागि निर्माण टिम फागुन ३० गते डोल्पामा पुगेका थिए ।

सिनेमाका मुख्य कलाकार नायक अनमोल केसी र नायिका सुहाना थापालाई फिचरिङ गरिएको गीतलाई रामजी लामिछानेले कोरियोग्राफी गरेका छन् । अब, सिनेमाको १० दिनको छायांकन बाँकी छ । काठमाडौं र पोखरामा सिनेमाको छायांकन गरेपछि काम सकिने निर्देशक झरना थापाले जानकारी गराइन् । लभ स्टोरी सिनेमाको कथा दिवागंत छेतन गुरुङ र निर्देशक थापाले लेखेका हुन् ।

सुनिलकुमार थापाको निर्माणमा बनिरहेको सिनेमामा अनमोल र सुहानासँगै सलोन बस्नेतको पनि मुख्य भुमिका छ । सञ्जय लामाले खिचेको सिनेमालाई मित्र डि. गुरुङले सम्पादन गर्नेछन् । सिनेमा आउँदो भदौ १८ गते देखि प्रदर्शन हुँदैछ । ‘ए मेरो हजुर ३’ मा अनमोल र सुहानाको जोडीलाई दर्शकले निकै रुचाएका थिए । सिनेमा बक्स अफिसमा सुपरहिट भएको थियो ।