शोभितको निर्देशनमा ‘डाँडाको वरपिपल’ शुभमुर्हूत

शोभितको निर्देशनमा ‘डाँडाको वरपिपल’ शुभमुर्हूत

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – निर्देशक शोभित बस्नेताको निर्देशनमा ‘डाँडाको वरपिपल’ बन्ने भएको छ । बुढासुब्बा ओरिजिनलको प्रस्तुतिमा सिनेमाको बिहीबार राजधानीमा शुभमुहूर्त गरिएको छ ।

सिनेमामा शिव श्रेष्ठ, गौरी मल्ल, सलोन बस्नेत, राजीवजंग बस्नेत, यसराज गहतराजको अभिनय रहनेछ । निर्देशक बस्नेतले सिनेमा पारिवारिक कथामा निर्माण हुने सिनेमामा मुख्य भुमिका रहने तीन अभिनेत्री र एक अभिनेता केही दिनमा फाइनल गरिने बताए ।

सिनेमामा सुशान्त प्रजापतिको छायांकन, रामकाजी घिमिरेको लेखन, शिव मुखिया र अर्जुन पोखरेलको संगीत, रोशन श्रेष्ठको द्वन्द्व निर्देशन, गोविन्द राईको नृत्य निर्देशन, नवराज गिरीको गीत र रामजी राउतको मुख्य सहायक निर्देशन रहनेछ । ७५ दिनको छायांकन सेड्युल रहेको सिनेमा काठमाडौं, कालाबाङ, पूर्व र से फोक्सुण्डोमा खिचिनेछ ।