दया र प्रकृतीको ‘बिहे पास’को छायांकन सुरु

दया र प्रकृतीको ‘बिहे पास’को छायांकन सुरु

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – प्रवेश पौडेल निर्देशित सिनेमा ‘बिहे पास’को छायांकन सुरु भएको छ । शुक्रबार विराटनगरको एक मन्दिरमा पुजा गर्दै सिनेमाको छायांकन सुरु गरिएको हो ।

सिनेमा अभिनेता दयाहाङ राई र अभिनेत्री प्रकृती श्रेष्ठको मुख्य भूमिका छ । अन्तर जातिय विवाह पश्चात माइतीमा रहेकी श्रीमती फिर्ता ल्याउन श्रीमानले गर्ने संर्घषका कथामा सिनेमा निर्माण हुनेछ । ‘होस्टेल, जिन्दगी रक्स र उत्सव’मा काम गरिसकेकी अभिनेत्री प्रकृती यो सिनेमाबाट ६ वर्षपछि कमब्याक गर्दैछिन् ।

आरआर सिनेमा प्रोडक्शनको ब्यानरमा रोहित कट्टेलको प्रस्तुति रहने सिनेमाको कार्यकारी निर्मातामा रत्न श्रेष्ठ र सह–निर्माता ग्याल्जेन लामा हुन् । सिनेमाको कथा आकाश बराल, सजन काफ्ले र मुरे केरले तयार पारेका हुन् भने पटकथा आकाश बराल र सजन काफ्लेको छ ।