कोभिड-१९ को समय सिक्ने अवसर : धिरेन शाक्य

कोभिड-१९ को समय सिक्ने अवसर : धिरेन शाक्य

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – चलचित्र पत्रकार संघ नेपाल दाङ शाखाले आयोजना गरेको साक्षात्कार कार्यक्रममा अभिनेता धिरेन शाक्यले दाङलाई सिनेमा नगरीको रुपमा विकास गर्न सकिने सम्भावना रहेको बताए ।

‘राजधानीबाट टाढा भएता पनी जिल्लामा सिनेमा छायांकन गर्न मिल्ने स्थानको खोजी गरि त्यसको विकास, प्रर्वधन र सर्म्वधनमा ध्यान दिन सके दाङलाई सिनेमा नगरीको रुपमा विकास गर्नुका साथै छायांकनको उपयुक्त गन्तव्य बनाउन सकिन्छ’, उनले भने ।

दाङ शाखाका अध्यक्ष शिव पुनको अध्यक्षतामा भएको कार्यक्रममा अभिनेता धिरेन शाक्यले कोभिड १९ ले थिलोथिलो पारेको सिनेमा क्षेत्र चलायमान कहिलेबाट हुन्छ भन्न सकिने अवस्था नभएकाले अहिले सिनेमा निर्माण घोषणा र प्रदर्शन गर्न हतार नगर्दा राम्रो हुने बताए ।

उनले अगाडी भने, ‘कोभिड-१९ को समयलाई सिनेमाकर्मीले आफुलाई माझ्ने अर्थात थप सिक्ने अवसरको रुपमा लिनुपर्ने धारणा राखे । लकडाउनको समयमा दर्शकले घरमा बसेर विभिन्न भाषाका राम्रा भन्दा राम्रो सिनेमा हेरेकाले अब दर्शकले नेपाली सिनेमापनि त्यही स्तरको खोज्नुहुन्छ र दर्शकको त्यो चाहाना मेट्न हामीले सिनेमाको कथा देखि लिएर कलाकार अभिनयसम्ममा ध्यान दिनैपर्छ ।’

सिनेमा ‘मन्जिल’को सुटिङ गर्न दाङ आएका अभिनेता शाक्यलाई पत्रकारले तपाईंले निर्माण गर्ने सिनेमाको काम के भइरहेको छ ? भन्ने जिज्ञासामा उनले भने वैशाखदेखि छायांकन सुरु गर्ने योजना भएपनी कोभिडको त्रास कायमै रहेकाले तत्काल त्यो सम्भावना नरहेकाले टिम सिनेमाको कथालाई अझ उत्कृष्ट बनाउन लागिपरेका र परिस्थिति सहज हुने बित्तिकै छायांकन सुरु हरने बताए ।

चलचित्र पत्रकार संघ नेपाल दाङका सल्लाहकार शरद रेग्मीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा संघ संस्थापक उपाध्यक्ष चेतन रेग्मीले धन्यवाद मन्तव्य दिएका थिए भने कार्यक्रमको सहजीकरण सचिव पुर्ण केसी मुस्कानले गरेका थिए ।