२७ दिनमा सकियो अपर्ण र स्वस्तिमाको ‘चिसो मान्छे’

२७ दिनमा सकियो अपर्ण र स्वस्तिमाको ‘चिसो मान्छे’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सिनेमा ‘चिसो मान्छे’को छायांकन सकिएको छ । दीपेन्द्र के. खनाल निर्देशित सिनेमाको २७ दिनमा सम्पुर्ण सुटिङ प्याकअप भएको छ ।

फागुन १७ गते मुहूर्त गर्दै ललितपुरबाट सुरु भएको फिल्मको छायांकन शनिवार बझाङ पुगेर सकिएको हो । सिनेमामा अनुभवी कलाकारहरु भएका कारण समयमै छायांकन सकिएको निर्देशक खनालले बताए ।

निर्मात्री शर्मिला पाण्डेको लगानीमा निर्माण भएको सिनेमामा अभिनेत्री स्वस्तिमा खड्का र अभिनेता अर्पण थापाको मुख्य भूमिकामा छन् । यस्तै, सिनेमामा देशभक्त खनाल, आशान्त शर्मा, झकेन बीसी लगायतका कलाकारको पनि अभिनय रहेको छ ।

सिनेमाको कथा, पटकथा, संवाद र छायांकन निर्देशक खनाल स्वयंको हो । उनले सिनेमा सोचेको जस्तै बनेको बताए । लकडाउनको समयमा मलेशियाबाट आएको लास काठमाडौंबाट बाजुरासम्म र्पुयाउँदाको कथालाई फिल्ममा पेश गरिएको छ ।

सिनेमामा स्वस्तिमाले बाजुराकी एक निम्न वर्गीय महिलाको भूमिका निर्वाह गरेकी छन् । यसका लागि उनले लामो समय त्यस ठाउँमा बोलिने भाषा र लवज सिकेकी थिइन् । निर्माण टिमले सिनेमालाई आउँदो भदौ ११ गते प्रदर्शन गर्ने तयारी गरेको छ ।