सुर्यको निर्देशनमा ‘लाइफ इन एलए’को घोषणा

सुर्यको निर्देशनमा ‘लाइफ इन एलए’को घोषणा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सुर्य एन श्रेष्ठको निर्देशन सिनेमा ‘लाइफ इन एलए’ बन्ने भएको छ । निर्माण टिमले एक पोस्टर सार्वजनिक गर्दै सिनेमाको निर्माण घोषणा गरेको हो । अप्रिल पहिलो साताबाट अमेरिकाको एलएबाट छायांकन सुरु हुँदैछ । नेपालको पोखरा र एलएमा खिचिने सिनेमाको कथा अमेरिकामा बसोबास गर्ने नेपालीको संघर्षमा आधारित हुनेछ ।

बाश इन्टरटेनमेन्टको प्रस्तुतीमा निर्माण हुने सिनेमामा अकेशा बिष्ट, बाश विष्शु, जरेद बिल्लुप्स, साम भुजेल, आयुस केसी र बिशाल ढकालको अभिनय रहनेछ । सिनेमाका कार्यकारी निर्माता संसार ए सुवेदी हुन् ।

राजेन्द्र ठकुराठी निर्माता रहेको सिनेमामा सुदीप बरालको छायांकन रहनेछ । ‘लाइफ इन एलए’मा श्रीकृष्ण बम मल्लको संगीत, उज्वल ढकालको सम्पादन, प्रतिक्षा श्रेष्ठको मेकअप, प्रदीप आचार्य र प्रवीन खत्रीले प्रोडक्सन डिजाइनरको जिम्मेवारी सम्हाल्दै छन् ।