कलाकारले यसरी मनाए फागु पर्व (फोटो फिचर)

कलाकारले यसरी मनाए फागु पर्व (फोटो फिचर)

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आइतबार पहाडी र हिमाली भूभागमा फागु पर्व मनाइयो । भने सोमबार तराईमा फागु मनाइदैछ । कोरोना महामारीको जोखिम कायमै भएपछि स्वास्थ्य मन्त्रालयले सबैलाई घरमै होली मनाउन आग्रह गरेको थियो ।

त्यसैगरी, कलाकारहरुले पनि नजिकका आफन्त र परिवारसँग होली मनाएका छन् । गत वर्ष जस्तै यो वर्ष पनि फागुको रौनक देखिएन् । अभिनेत्री करिश्मा मानन्धरले फागुमा भव्य कार्यक्रम आयोजना गर्दै आएकी थिइन् । उनले यसपाली सिमित व्यक्तिहरुलाई बोेलाएर फागु पर्व मनाएकी छन् । आइतबार उनका श्रीमान् निर्माता विनोद मानन्धरको जन्मदिनमा पनि परेको थियो ।

अभिनेत्री करिश्मा मानन्धरको परिवार

 

निर्देशक तथा अभिनेत्री झरना थापाले आफ्नो श्रीमान् सुनिलकुमार थापा र छोरी सुहाना थापासँग फागु मनाएकी छन् ।

 

अभिनेता निखिल उप्रेती र अभिनेत्री सञ्चिता लुइटेलको फागु

 

अभिनेत्री रेखा थापाले आफ्नी आमासँग फागु मनाएकी छन् ।

 

अभिनेता भुवन केसीले आफ्नो छोरा अनमोल केसी र नजिकका साथीभाईसँग होली मनाएका छन् ।

 

अभिनेत्री प्रियंका कार्की र आयुष्मान देशराज जोशीले परिवारसँग फागु मनाएका छन् ।

 

अभिनेता नाजिर हुसेन मुस्लिम समुदायका भएपनि उनी हिन्दु चार्डपर्वहरु समेत मनाउँछन् ।

तस्बिर : सामाजिक सञ्जाल