‘मनसँग मन’ पोस्टपोन्ड, रोमान्टिक मुडमा पुष्प र वर्षा

‘मनसँग मन’ पोस्टपोन्ड, रोमान्टिक मुडमा पुष्प र वर्षा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – कैलाश राई निर्देशित सिनेमा ‘मनसँग मन’को रिलिज डेट पोस्टपोन्ड भएको छ । चैत २७ गतेको प्रदर्शन आउने भनिएको सिनेमाको नयाँ रिलिज डेट केहि दिनमा सार्वजनिक गर्ने तयारी निर्माण टिमको छ ।

वितरक करण श्रेष्ठका अनुसार, कोरोनाको जोखिम कायमै रहेको र अभिनेता पुष्प खड्काको एकै दिनमा दुई सिनेमा रिलिज हुने भएकाले ‘मनसँग मन’को रिलिज डेट पोस्टपोन्ड गरिएको हो । सिनेमाको रिलिज डेट सारिएपनि यसको फर्स्टलुक पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा अभिनेता पुष्प खड्का र अभिनेत्री वर्षा सिवाकोटी रोमान्टिक मुडमा देखिएका छन् ।

सौरभ इन्टरटेन्मेन्ट र बालाली इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको सिनेमामा पुष्प र वर्षासँगै बुद्धि तामाङ, चाँदनी प्रधान, महेन्द्र बागदास, सन्ते दाको पनि मुख्य भूमिका छ । अरुण तामाङले निर्माण गरेको सिनेमामा सौरभ लामाको छायांकन, अर्जुन जीसीको सम्पादन, अर्जुन पोखरेल, दीपक शर्मा र अगोम गुरुङको संगीत संगीत छ ।

केहि दिन अगाडी मात्रै यहि मितिमा प्रदर्शन हुने भनिएको सिनेमा ‘लप्पन छप्पन २’ले पनि रिलिज डेट पोस्टपोन्ड गरेको थियो । भने, चैत्र २७ गते पुष्प खड्का अभिनित सिनेमा ‘कृष्णलीला’ सोलो प्रदर्शन हुँदैछ ।