दीपेन्द्र लामाको नेतृत्वमा ‘फिक्सन’को नयाँ कार्यसमिती

दीपेन्द्र लामाको नेतृत्वमा ‘फिक्सन’को नयाँ कार्यसमिती

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – शुक्रबार काठमाडौंमा सम्पन्न साधारण सभाबाट चलचित्र समीक्षक समाज नेपाल ‘फिक्सन’को अध्यक्षमा दीपेन्द्र लामा चयन भएका छन् । विभिन्न सञ्चारमाध्यममा सिनेमा समीक्षा गर्नेहरु सदस्य रहेको ‘फिक्सन’ नेपाल पत्रकार महासंघको एसोसियट संस्था हो ।

पत्रकार महासंघका कोषाध्यक्ष राजेश मिश्रको उपस्थितिमा सम्पन्न साधारण सभाले उपाध्यक्षमा सामीप्यराज तिमल्सेना र स्मृति ढुंगाना, महासचिवमा सजना बराल, सचिवमा विष्णु शर्मा र केदार श्रेष्ठ तथा कोषाध्यक्षमा प्रभाकर गौतमलाई सर्वसम्मत निर्वाचित गरेको छ ।

फिक्सनको केन्द्रिय सदस्यमा लेनिन बञ्जाडे, नरेश फुयाल, अभिमन्यु दीक्षित र रक्षा थापा चयन भएका छन् । महासंघका कोषाध्यक्ष राजेश मिश्र तथा निवर्तमान अध्यक्ष यज्ञसले नयाँ कार्यसमितिको सफलताको शुभकामना व्यक्त गरे ।

नवनिर्वाचित अध्यक्ष लामाले सिनेमा समीक्षा गर्ने संस्कृतिलाई थप स्थापित र फराकिलो बनाउन विभिन्न कार्यक्रम आयोजना गर्ने लक्ष्य ‘फिक्सन’ले लिएको बताए ।