२७ औं जन्मदिन मनाउँदै अनमोल

२७ औं जन्मदिन मनाउँदै अनमोल

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेता अनमोल केसी चैत्र १७ गते २७ औं जन्मदिन मनाउँदैछन् । उनलाई शुभचिन्तकहरुले सामाजिक सञ्जाल मार्फत जन्मदिनको शुभकामना दिइरहेका छन् ।

अनमोललाई उनका बुबा अभिनेता भुवन केसीले एक तस्बिर पोस्ट गर्दै शुभकामना दिएका छन् । उनले लेखेका छन्, ‘प्यारो छोरा, तिम्रो जति उमेर बढेपनि हामीलाई जहिलै प्यारो र स्मार्ट बच्चा लाग्छ । जन्मदिनको शुभकामना ! तिम्रो चाहना र सपना सबै पुरा होस् ।’

सिनेमा ‘होस्टेल’बाट अभिनेताको रुपमा डेब्यू गरेका अनमोल अहिले एक स्टारको रुपमा स्थापित भइसकेका छन् । उनले ‘जेरी, ड्रिम्स, गाजलु, कृ, क्याप्टेन, ए मेरो हजुर ३’मा अभिनय गरेका छन् । लभर व्बाईको रुपमा देखिदै आएका अनमोलले ‘कृ’मा एक्सन अभिनेताको रुपमा प्रस्तुत भएका थिए । तर, उनलाई एक्सन सिनेमा फापेन । सिनेमाले बक्स अफिसमा औसत व्यापार गरेको थियो ।

हाल उनी रोमान्टिक सिनेमा ‘ए मेरो हजुर ४’मा व्यस्त छन् । केहि दिन अगाडी शे–फोक्सुन्डो तालमा सिनेमाको शिर्ष गीतको छायांकन सकेर उनी काठमाडौं फर्किएका थिए । सिनेमाको अझै १० दिनको छायांकन बाँकी छ । यसपछि उनी होम प्रोडक्सनको सिनेमा ‘पारस’मा व्यस्त हुनेछन् ।

द सिनेमा टाइम्सको तर्फबाट अभिनेता अनमोललाई जन्मदिनको शुभकामना !!!