निराजनलाई म्यानेजर नियुक्त गर्दै मुम्बई उडिन निरुता

निराजनलाई म्यानेजर नियुक्त गर्दै मुम्बई उडिन निरुता

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – दशैं नेफ्टा अवार्डमा सहभागी हुन नेपाल आएकी अभिनेत्री निरुता सिंह बुधबार मुम्बई फर्केकी हुन् । नेपाली सिनेमा क्षेत्रमा लामो समयदेखि सक्रिय अभिनेत्री निरुता सिंहले पनि म्यानेजर नियुक्ती गरेकी छिन् ।

उनले मुम्बई उड्नु अघि निराजन गिरीलाई म्यानेजर नियुक्त गरेकी हुन् । यसअघि ‘दि सुपर काजोल फिल्मस्मा म्यानेजरको रुपमा काम गर्दै आएका निराजनले अब निरुताको काममा सहयोग गर्नेछन् ।

मुम्बइका बसेर नेपालमा सिनेमा, विज्ञापन र विभिन्न प्रोजेक्टको लागि कुराकानी गर्न गाह्रो भएपछि निरुताले निराजनलाई म्यानेजरको रुपमा नियुक्त गरेको बताएकी छन् । मिडियालाई निरुताको काम बारेमा नयाँ अपडेट पनि म्यानेजर गिरीले नै गराउने छन् ।