पूजाले गरिन ‘शुवस्त्रम् फेसन भल्ट’को उद्घाटन

पूजाले गरिन ‘शुवस्त्रम् फेसन भल्ट’को उद्घाटन

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेत्री पूजा शर्माले ‘शुवस्त्रम् फेसन भल्ट’को शुभारम्भ गरेकी छन् । बुधबार पुतलीसडक स्थित युनि वेयरसँगैको भवनमा शुवस्त्रमको रिवन काटेर उद्घाटन गरेकी हुन् ।

 

 

डिजाइनर प्रतिक्षा पौडेल र युनि वेयरका सञ्चालक सुजन सुवेदीको सयुक्त लगानीमा सञ्चालमा ल्याएका हुन् । फेसन भल्टमा सम्पुर्ण ग्राहकको क्षमता अनुसारका ड्रेस उपलब्ध गरीने सञ्चालक मध्येकी एक प्रतिक्षा पौडेलले बताइन् । उनले नेपाली सिनेमा र म्युजिक भिडियोको लागी आवश्यक ड्रेसहरु भाडामा समेत उपलब्ध गराइने जानकारी दिइन् ।

‘शुभवस्त्रम्’को उद्घाटन गर्न पुगेकी पूजाले आफूले भने समय र परिस्थती अनुसार पहिरन लगाउने पूजा भनाई थियो । उनले भनिन्,–‘मलाई पहिरन महंगो हुँदैमा उत्कृष्ट हुन्छ भन्ने लाग्दैन । मुख्यकुरा, पहिरन लगाउँदा सुहाउन पर्छ । म आफूलाई सुहाउने पहिरन लगाउँछु । कहिलेकाही महंगो पैसा हालेपनि ड्रेस डिजाइनरहरुका कारण पहिरन कमसल पर्ने गरेको गुनासो पनि गरिन् ।