चैत्र २७ गतेलाई प्रदर्शन मिति तोक्दै ‘गुड फ्रेन्ड’को ट्रेलर रिलिज

चैत्र २७ गतेलाई प्रदर्शन मिति तोक्दै ‘गुड फ्रेन्ड’को ट्रेलर रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – यहि चैत्र २७ गतेलाई प्रदर्शन मिति घोषणा गर्दै सिनेमा ‘गुड फ्रेन्ड’को ट्रेलर सार्वजनिक गरिएको छ ।

सिनेमामा मित्रता, प्रेम र समर्पणको कथा देखाइएको छ । राजबहादुर साने निर्देशित सिनेमामा मुकेश ढकाल, सबिना कार्की, राज सिंह, दीपक बिक्रम शाही, एलवी कटुवाल, राजन महर्जन, बसन्त बर्मा, पूजा महर्जन, धिरज खत्री, भूमिका सापकोटा लगायतको अभिनय रहेको छ ।

बिजी बर्मा फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमामा बसन्त बर्मा, राज सिंह र पम्फा बर्माको लगानी रहेको छ । भने बारुफ बर्मा र पारुबी बर्मा सह–निर्माता छन् । सिनेमामा प्रदीप खड्काको द्वन्द्व निर्देशन र प्रवल प्रधानको सम्पादन रहेको छ ।

यहि मितिमा प्रदर्शन हुने भनिएको सिनेमा ‘लप्पन छप्पन २’ र ‘मनसँग मन’ले रिलिज स्थागित गरेका छन् । भने ‘कृष्णलीला’को पनि प्रदर्शन अन्यौलमा छ ।