उपासनाको सहभागीतामा ऐजुकेसन एण्ड माइग्रेसन कर्नरको शैक्षिक मेलामा

उपासनाको सहभागीतामा ऐजुकेसन एण्ड माइग्रेसन कर्नरको शैक्षिक मेलामा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेत्री उपसना सिंह ठकुरी एजुकेसन एण्ड माइग्रेसन कर्नरले आयोजना गर्ने शैक्षिक मेलामा सहभागी हुने भएकी छन् । शुक्रबार आयोजना हुने कार्यक्रम उच्चशिक्षा हांसील गर्न अष्ट्रेलिया, यूके र क्यानडा जान चाहने बिध्यार्थीको हितका लागि गर्न लागिएको हो ।

शैक्षिक मेला कर्नरको पुतली सडक शंकरदेब कलेजसंगै रहेको कार्यालयमा आयोजना गर्न लागिएको हुनेछ । उच्चशिक्षा पढ्न बिदेश जान चाहेता पनि सही जानकारी नपाएका कारण अलमलमा परिरहनु भएका बिध्यार्थीको हितका लागि मेला आयोजना गरिएको कर्नरका प्रमुख सुनिल उप्रेतीले बताए ।

उनका अनुसार मेलामा बिभिन्न कलेज र यूनिर्भसिटीका प्रतिनिधिका साथै शैक्षिक लोनका लागि बिभिन्न बैंकका प्रतिनिधि र आइ डि पी आरका प्रतिनिधिहरुबाट भरपूर जानकारी प्राप्त गर्न सकिने छ । मेलामा अफर लेटर र उच्चशिक्षा हांसिल गर्न बिदेश जान खोजे पनि दोधारमा परेका बिध्यार्थीलाई सहयोग पुग्ने जानकारी उपलब्ध गराईने छ ।

मेलामा ऐजुकेसन एण्ड माइग्रेसन कर्नरकी ब्राण्ड एम्बेसडर अभिनेत्री उपासनासिंह ठकुरीले मेलामा आएका बिध्यार्थीसंग छलफल गर्ने छिन । ‘मेला सांच्चै प्रभावकारी र उपलब्धिमूलक हुने छ । सकेसम्म नछुटाउनु उपासनाको आग्रह छ ।

जानकारी गराईए अनुसार मेलामा सहृभागि हुन आउंने एक सय भित्र परेका बिध्यार्थीलाई बिभिन्न पुरस्कारको ब्यबस्था पनि गरिएको छ । मेला शुक्रबार बिहान १० बजेदेखी ५ बजेसम्म आयोजना हुने छ ।