कोरोनाको कारण सर्याे ‘कृष्णलीला’

कोरोनाको कारण सर्याे ‘कृष्णलीला’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – कोरोनाको दोस्रो लहर सुरु भएसंगै सिनेमा ‘कृष्णलीला’को रिलिज डेट पोस्टपोन्ड भएको छ । चैत्र २७ गते देखि रिलिज हुने भनिएको सिनेमा अनिश्चिल कालको लागि सारिएको हो ।

निर्माण टिमले सामाजिक सञ्जाल मार्फत आधिकारिक रुपमा सिनेमाको प्रदर्शन मिति सारिएको बताएका छन् । यहि मितिमा प्रदर्शन हुने भनिएको सिनेमा ‘लप्पन छप्पन २’ र ‘मनसँग मन’को पनि केहि दिन अगाडी रिलिज डेट पोस्टपोन्ड गरिएको थियो । गत वर्ष देखि ठप्प रहेको सिनेमा क्षेत्र नयाँ वर्षको सुरुवातमा पनि शुन्य रहने देखिएको छ ।

दीपक वलीले निर्देशन गरेको सिनेमा कृष्णलीलामा पुष्प खड्का, श्रद्धा क्षेत्री, बुद्धि तामाङ, रविन्द्र झा, नवीन रेग्मी, हिउँवाला गौतम, भावना गुरुङ, आयुष गुरागाई लगायतका कलाकारहरुको अभिनय छ । सिनेमाको कथा लक्ष्मण सुवेदीले तयार पारेका हुन् ।

आरआर फिल्मस्को ब्यानरमा रोहित कट्टेलको प्रस्तुति तथा रत्न श्रेष्ठ कार्यकारी निर्माता रहेको ‘कृष्ण लीला’को निर्मातामा प्रकाश कार्की र केवल तामाङ छन् । सिनेमालाई शिव ढकाल र बाबु श्रेष्ठले खिचेका छन् ।