‘प्रेमगञ्ज’मा बेनिशासँग जोडी बाँध्दै तेज

‘प्रेमगञ्ज’मा बेनिशासँग जोडी बाँध्दै तेज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेत्री बेनिशा हमाल ‘प्रेमगञ्ज’मा अनुबन्धित भएकी छन् । चैत्र २५ गतेबाट छायांकन सुरु हुने सिनेमामा बेनिशाको जोडी तेज गिरीसँग बाँधिएको छ । सिनेमालाई पछिल्लो समयका सफल सिनेमाटोग्राफर सञ्जय लामाले खिच्ने छन् ।

लकडाउनमा बेनिशाले ‘भाँडाकुटी’ साइन गरेकी थिइन् । फागुन अन्तिमबाट छायांकन सुरु हुने भनिएको प्रि-पोस्ट प्रोडक्सनमै अड्किएको छ । सिनेमा छायांकनमा जान ढिलाइ भएपछि बेनिशाले ‘प्रेमगञ्ज’ साइन गरेकी हुन् ।

परिच्छेद सेनको निर्देशनमा बन्ने सिनेमामा लामो समयदेखि मुक्तिनाथ विकास बैंकमा जागिरे रहेका तेज अभिनेताको रुपमा डेब्यू गर्न लागेका छन् । त्रिकोणात्मक प्रेम कथामा आधारित सिनेमाका लागि सुप्रिया खनाल, राइडर प्रशान्त, सिमरन खड्का, आयुषी ढकाल अडिसनबाट छनोट भइसकेका छन् ।

सिनेमाले दुई कालखण्डको प्रेमकथा प्रस्तुत गर्ने बताइएको छ । स्पटब्वाई राजु फुयाँलले निर्माण गर्ने सिनेमाको कार्यकारी निर्मातामा अनन्तमान श्रेष्ठ हुन् । चलचित्र चौतारीको ब्यानरमा निर्माण हुन लागेको सिनेमाको काभ्रे, जिरी र काठमाडौंमा छायांकन हुनेछ ।