१६ दिनमै सकियो सस्पेन्स थ्रिलर सिनेमा ‘ए साथी सुन’

१६ दिनमै सकियो सस्पेन्स थ्रिलर सिनेमा ‘ए साथी सुन’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेत्री वर्षा सिवाकोटी अभिनित सिनेमा ‘ए साथी सुन’को छायांकन सकिएको छ । क्यामेरा ‘अन’ भएको १६ दिनमा बुधवार सिनेमाको इन्डक्ल्याप भएको हो । एक गीतबाहेक सिनेमाको सम्पूर्ण छायांकन पूरा भएको वर्षाले फेसबुकमार्फत जानकारी दिएकी छन् । कम समयमा सिनेमाको सेटबाट राम्रो काम गरेर विदा लिएको उल्लेख गरेकी छन् ।

सस्पेन्स थ्रिलर कथामा निर्माण भएको सिनेमालाई राघव आचार्यले निर्देशन गरेका हुन् । उनको यो डेब्यू निर्देशित सिनेमा हो । भारतमा सिनेमा अध्ययन गरेका उनले केही वेब सिरिजमा काम गरिसकेका छन् । विना कार्कीको एकल लगानीमा सिनेमा निर्माण भएको हो ।

इभाना इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको सिनेमाबाट अभिनेताको रुपमा रमेश बाँनियाले डेब्यू गर्दैछन् । स्थिति सामान्य भएपछि सिनेमा रिलिज गर्ने तयारीमा निर्माण टिम छ । यस्तै, वर्षाको अभिनित सिनेमा ‘परदेशी २’, ‘मनसँग मन’ र ‘लक्का जवान’ प्रदर्शनको तयारीमा छन् ।