टाइम ट्राभल लभस्टोरी ‘अनन्त’मा कार्म र लक्ष्मी

टाइम ट्राभल लभस्टोरी ‘अनन्त’मा कार्म र लक्ष्मी

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – टाइम ट्राभल लभस्टोरी सिनेमा ‘अनन्त’को छायांकन सुरु भएको छ । सिनेमाको शनिबार भक्तपुरबाट छायांकन सुरु भएको हो । सिनेमामा कार्म र लक्ष्मी बर्देवाको मुख्य भुमिका रहनेछ ।

कार्म र लक्ष्मीले अनन्तमा पहिलो पटक स्क्रिन सेयर गर्दैछन् । थिएटर दिनबाटै एकअर्काको प्रशंसक बताउने कार्म र लक्ष्मी पहिलो पटक स्क्रिन सेयर गर्न पाउँदा निकै उत्साहित रहेको बताउँछन् । लक्ष्मीले भन्छिन् ‘लकडाउनपछि मैले दशवटा सिनेमाको कथा सुने । कतीपयको कथा मन परेन भने कतिपयको टिम र पारिश्रमिकमा कुरा मिलेन । सिनेमामा कार्मसँग काम गर्न पाउँदा बोनस पाएको अनुभव गरेकी छु । उहाँसँग काम गर्ने ठूलो रहर थियो ।’

सिनेमालाई जेसन लोप्चनले निर्देशन गरिरहेका छन् । ओस्कार कलेज पढेका उनले यही सिनेमाबाट निर्देशनमा डेव्यु गर्दैछन् । सिनेमाले प्रेमका लागि सबै सिमा पार गरी दिने एक पात्रको कथा भन्ने निर्देशक लोप्चनले बताए । २० दिनमा सुटिङ सक्ने लक्ष्य लिएर फ्लोरमा गएको सिनेमाको पटकथा जेसनले नै लेखेका हुन् ।

नव विजय श्रेष्ठ कार्यकारी निर्माता रहेको सिनेमाका सह निर्माता रन्जन ढुंगाना र शीतल खड्का हुन् । तेजबहादुर श्रेष्ठ र दीपेश राउत सहायक निर्माता रहेको अनन्तलाई बबिन दुलालले छायांकन गर्दैछन् । दुई सेड्युलमा छायांकन हुने सिनेमामा रेमन मल्ल र सल्लेन सुवाल लाइन प्रोड्युसर रुपमा रहनेछन् ।