‘एमएस धोनी’ निर्देशकसँग हेमराज र सरोजको टिमअप

‘एमएस धोनी’ निर्देशकसँग हेमराज र सरोजको टिमअप

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – निर्देशक हेमराज बिसी र निर्माता सरोज न्यौपानेले नयाँ सिनेमाका लागी ‘एमएस धोनी’ निर्देशक निरज पाण्डेसँग सहकार्य गर्ने भएका छन् । निरज पहिलो पटक नेपाली सिनेमामा लगानी गर्दैछन् । नाम नजुरेको नेपाली सिनेमा फ्राइडे फिल्मवर्क्स र अनन्या फिल्मस्को व्यानरमा निर्माण हुनेछ ।

फ्राइडे फिल्मवर्क्स निर्देशक तथा निर्माता निरज पान्डे र शीतल भाटियाले स्थापना गरेको प्रोडक्सन कम्पनी हो । यो कम्पनीले बलिउडमा ‘अ वेनस्डे’, ‘ट्वाइलेट एक प्रेमकथा’, ‘एमएस धोनी : द अनटोल्ड स्टोरी’, ‘रुस्तम’, ‘बेबी’जस्ता चर्चित सिनेमा निर्माण गरेको छ ।

हेमराज बिसीले निर्देशन रहने सिनेमाको कथा, पटकथा तथा संवाद बलिउड निर्माता तथा निर्देशक निरज पाण्डेले नै तयार गर्नेछन् । गत साता दुई पक्षबीच सम्झौता भएको बुझिएको छ । हेमराज र सरोजले ग्याङस्टार ब्लुजपछि दोस्रो पटक सहकार्य गर्दैछन् ।

निर्माता सरोज न्यौपानेले भने ‘सम्झौता भएको कुरा साँचो हो । तर सिनेमाबारे कलाकार र प्राविधिक टिमको टुंगो लागेपछि औपचारिक रुपमा जानकारी सार्वजनिक गरिनेछ । उनले यसअघि एक मल्यालम सिनेमाका लगि पनि टिमअप गरेका छन् । नेपाल र भारतमा छायांकन हुने स्वस्तिमा खड्का र माओत्से गुरुङको अभिनय रहने सिनेमा चाँडै फ्लोरमा जाँदैछ ।