‘क्रसरोड्स–कथा तिम्रो र मेरो’को छायांकन सुरु

‘क्रसरोड्स–कथा तिम्रो र मेरो’को छायांकन सुरु

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – ‘कबड्डी’ अभिनेत्री रिस्मा गुरुङले सिनेमा ‘क्रसरोड्स कथा तिम्रो र मेरो’को छायांकन सुरु गरेकी छन् । उनले ‘कबड्डी’ र ‘कबड्डी कबड्डी’ मा अभिनय गरेर दर्शकमाझ राम्रो परिचय बनाएकी थिइन् ।

अर्विन्द राज गुरुङको निर्देशन रहने ‘क्रसरोड्स–कथा तिम्रो र मेरो’को छायांकन काठमाडौं सुरु भएको छ । सिनेमाको सुटिङ नेपाल र भारतको दार्जिलिङ, सिक्किम र कोलकाताका रमणीय स्थानमा हुनेछ । अर्विन्द राज प्रोडक्सन र आनजिग प्रोडक्सन यूकेको सहकार्य रहेको सिनेमामा रिस्मा गुरुङ, बुद्धि तामाङ, गौरव मल्ल प्रधान र रिकजंग दोर्जे भुटियाको अभिनय छ ।

नेपाली गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’मा आफ्नो गायकी कला देखाइसकेकी यान्की योल्मोको पनि सिनेमामा स्वरसँगै अभिनय रहनेछ । सिनेमामा निरेम प्रोडक्सन कुवेत र सुप्रिया तामाङको सहयोग छ । सिनेमामा चञ्चल थापाको छायांकन, रेनिस फागोको कलर ग्रेडिङ रहनेछ ।

विभिन्न गुरुङ भाषाको सिनेमामा अभिनय गरे पनि नेपाली सिनेमा ‘कबड्डी’मा अभिनय गरेपछि चर्चामा आएकी अभिनेत्री रिश्मा गुरुङले सिनेमाको कथा मनपरेकोले ‘क्रसरोड्स–कथा तिम्रो र मेरो’मा अभिनय गरेको बताइन् ।