‘कबड्डी ४’मा मिरुना र गौमाया अनुबन्धित

‘कबड्डी ४’मा मिरुना र गौमाया अनुबन्धित

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सिनेमा ‘कबड्डी ४ द फाइनल म्याच’का लागि दुई अभिनेत्री फाइनल भएका छन् । सिनेमामा अभिनेत्री मिरुना मगर र गौमाया यात्री अनुबन्धित भएका हुन् ।

अभिनेत्री मिरुनाले सिनेमा ‘लालपूर्जा, रोज र च च हुई’मा अभिनय गरिसकेकी छन् । भने गौमाया भ्लगर हुन् । उनी यहि सिनेमाबाट डेब्यू गर्दैछिन् ।रामबाबु गुरुङले निर्देशन गर्न लागेको सिनेमामा अभिनेता दयाहाङ राई, सौगात मल्ल, विजय बराल, बुद्धि तामाङ, पुष्कर गुरुङ, कविता आले, जयनन्द लामा फाइनल भैसकेका छन् । वैशाखबाट छायांकनमा जाने सिनेमाको स्क्रिप्ट निर्देशक गुरुङ र उपेन्द्र सुब्बाले तयार पारेका छन् ।

बाँसुरी फिल्मस् प्रोडक्सनको ब्यानरमा निर्माण हुने सिनेमामा मणिराम पोखरेल, अर्जुन कार्की र ओम चन्द रौनियारको लगानी छ । निर्माण टिमले असोज १५ गतेलाई सिनेमाको प्रदर्शन मिति घोषणा गरिसकेको छ ।