२८ वर्ष लागिन् वर्षा

२८ वर्ष लागिन् वर्षा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – मंगरबार अभिनेत्री वर्षा सिवाकोटी जन्मदिन मनाउदैछिन् । उनी आजबाट २८ वर्ष लागेकी छिन् ।

उनको जन्मदिनको अवसरमा सामाजिक सञ्जाज मार्फत उनका शुभचिन्तकले शुभकामना दिइरहेका छन् । ‘नाई नभन्नु ल २’ बाट डेब्यू गरेकी वर्षाले ‘पशुपति प्रसाद, गाँजा बाजा, पुरानो बुलेट, वीर विक्रम २, लप्पन छप्पन, भैरे’ लगायत सिनेमामा अभिनय गरिसकेकी छन् ।

उनले ‘मनसँग मन’, ‘परदेशी २’ र ‘ए साथी सुन’ को छायांकन सकेकी छन् । भने, उनी अभिनित सिनेमा ‘श्री’ चैत्र २७ गतेबाट प्रर्दशन हुँदैछ ।

द सिनेमा टाइम्सको तर्फबाट वर्षा सिवाकोटीलाई जन्मदिनको शुभकामना !!!