माधव वाग्लेको ‘विवेक’मा विपिन र स्वस्तिमा

माधव वाग्लेको ‘विवेक’मा विपिन र स्वस्तिमा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – निर्माता माधव वाग्ले नयाँ सिनेमा ‘विवेक’ बनाउने तयारीमा जुटेका छन् । उनले यस अगाडी सिनेमा ‘हिमानी’को निर्माण घोषणा गरेका थिए । यो सिनेमा पोस्टपोन्ट गर्दै उनले ‘विवेक’ निर्माण तथा निर्देशन गर्न लागेका हुन् । यहि सिनेमाबाट उनी निर्देशनमा डेब्यू गर्दैछन् ।

सिनेमामा अभिनेता विपिन कार्की शिर्ष भुमिकामा देखिदैछन् । सिनेमामा उनीसँगै अभिनेत्री स्वस्तिमा खड्का पनि अनुबन्धित भइसकेकी निर्माता वाग्लेले बताए । निर्माण टिम यतिबेला लोकेशन छनोटको लागि जनकपुर पुगेका छन् । मधेशको कथामा बन्ने सिनेमा जनकपुर र विरगञ्जमा छायांकन हुनेछ ।

उनले सिनेमाका अन्य पात्रका लागि अडिसनबाट कलाकार छनोट गर्ने बताएका छन् । मधेशी चरित्रका लागि चैत २८ गते प्रदेश नं. २ को जनकपुरधाममा अडिसन हुनेछ । लेकनाथ कोइरालाको लेखन रहेको सिनेमा नेपाली, मैथिली र भोजपुरी भाषामा निर्माण हुनेछ ।