फ्राइडे रिलिज : हलमा दुई सिनेमा ‘श्री’ र ‘गुड फ्रेण्ड’ रिलिज

फ्राइडे रिलिज : हलमा दुई सिनेमा ‘श्री’ र ‘गुड फ्रेण्ड’ रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – कोरोना महामारीले थलिएको सिनेमा क्षेत्रलाई चलायमान बनाउने उद्देश्य सहित आज शुक्रबारबाट दुई सिनेमा ‘श्री’ र ‘गुड फ्रेण्ड’ रिलिज भएका छन् । सरकारले पुनः भिडभाड हुने क्षेत्र सिनेमा हल लगायतका क्षेत्रमा कडाई गर्ने निर्देशन दिइरहेको छ । यस्तो बेला रिलिज भएका सिनेमा दर्शकलाई हलसम्म ल्याउने विश्वास निर्मातालाई छ ।

एभरेष्ट सूर्य बोहोराको निर्देशन रहेको ‘श्री’ मा सन्दिप क्षेत्री, रविन्द्र झा, वर्षा सिवाकोटी, बुद्धि तामाङ, राजाराम पौडेल, बसुन्धरा भुसाल, भोलाराज सापकोटा, मोहनकृष्ण श्रेष्ठ, सविता गुरुङ लगायतको अभिनय छ ।

एभरेष्ट सूर्य बोहरा फिल्मस्को ब्यानर, महारानी इन्टरटेन्मेन्ट युके र ओएसआर डिजिटलको सहकार्यमा निर्माण भएको सिनेमामा श्री पराजुली र सविता गुरुङ तथा सह-निर्मातामा यम बराल, सूर्य सिम्खडा साइराम, बाल शर्मा टाइगर र सिन्धु पौडेल गौतम छन् । शेरबहादुर तामाङको छायांकन रहेको सिनेमा ओटीटी प्लेटफर्म ‘मोमो : म्यूजिक एन्ड मुभि, भिडियो पसल र सिनेमा घर ५५५’ मा पनि शुक्रवारबाट रिलिज भएको छ ।

त्यस्तै, राजबहादुर साने निर्देशित ‘गुड फ्रेन्ड’ मा मुकेश ढकाल, सबिना कार्की, राज सिंह, दीपक बिक्रम शाही, एलवी कटुवाल, राजन महर्जन, बसन्त बर्मा, पूजा महर्जन, धिरज खत्री, भूमिका सापकोटा लगायतको अभिनय रहेको छ । बसन्त बर्माको प्रस्तुति रहेको सिनेमाको निर्मातामा बसन्त बर्मा, राज सिंह र पम्फा बर्मा छन् । सिनेमाले साथी–साथीबीचको प्रेम बोल्ने बताइएको छ ।