anmol jasita

अनमोललाई लिएर ‘माइतीघर २’ बनाउँदै भुवन

अनमोललाई लिएर ‘माइतीघर २’ बनाउँदै भुवन

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – निजी क्षेत्रको लगानीमा बनेको पहिलो सिनेमा ‘माइतीघर’को पछाडि २ थपेर अभिनेता तथा निर्माता भुवन केसीले सिनेमा बनाउने भएका छन् ।

निर्माता केसीले ‘माइतीघर २’ काजोल फिल्मसले निर्माण गर्ने र आफ्नो ब्यानरमा दर्ता समेत गराइसकेका छन् । सुबोध चोपडाले निर्देशन गर्ने सिनेमामा भुवनसँगै सिमोस सुनुवारको पनि लगानी रहने छ । लभ स्टोरी सिनेमामा अनमोल केसीको मुख्य भुमिका रहने छ । भने, अभिनेत्री फाइनल गरिएको छैन ।

केहि समय अगाडी भुवन केसीले आफ्नो ब्यानरबाट ‘पारस’ निर्माण गर्ने घोषणा गरेका थिए । हालै अनमोल केसीले ‘ए मेरो हजुर ४’ को लागि कपाल काटेका छन् । पारसमा अनमोलले लामो कपाल सहितको लुक्स र क्यारेक्टर तयारीको लागि ३ महिना समय मागेपछि भुवनले ‘माइतीघर २’ निर्माण गर्ने तयारी थालेका हुन् ।