सिनेमा हल बन्द गर्न सीसीएमसीमा सिफारिश

सिनेमा हल बन्द गर्न सीसीएमसीमा सिफारिश

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – कोरोना महामारीको दोस्रो लहर सुरु भएसँगै सरकारले केहि दिन अगाडी भिडभाड हुने कार्यक्रम नगर्न आग्रह गरेको थियो । शुक्रबार स्वास्थ्य मन्त्रालयले २५ जना भन्दा बढी भेला हुन रोक लगाउने, विद्यालय, सिनेमा हल र पार्टी प्यालेस बन्द गर्नुपर्ने निष्कर्ष निकाल्दै सीसीएमसीमा सिफारिश पठाएको छ ।

सीसीएमसीको आज बस्ने बैठकले यो विषयमा निर्णय गर्ने बताइएको छ । यस्तोमा सिनेमा हल बन्द हुने सम्भावना बढि छ । गत वर्ष देखि बन्द रहेको सिनेमा हल पौष १० गते देखि सञ्चालनमा आएको थियो ।

सरकारले पौष २६ गतेबाट ५० प्रतिशत अकुपेन्सीमा हल सञ्चालन गर्न दिने निर्णय गरेपछि केही नयाँ नेपाली सिनेमा रिलिज भए । तर, कुनै पनि सिनेमाले दर्शकलाई हलसम्म तान्न सकेन । हल खुले पनि दर्शकको उपस्थिति न्यून थियो । अब, पूनः हल बन्द गर्ने तयारी भएको छ ।