पून: ‘हामी तीन भाई’ बन्ने

पून: ‘हामी तीन भाई’ बन्ने

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सन् २००४ मा बनेको सुपरहिट सिनेमा ‘हामी तीन भाई’ नाम सापटी लिदै नयाँ सिनेमा निर्माणको घोषणा गरिएको छ । मधुसूदन भट्टराईको निर्देशन रहने सिनेमालाई साजित महतले निर्माण गर्दैछन् ।

पारिवारिक प्रेम कथामा निर्माण हुन लागेको सिनेमामा सलोन बस्नेत, शिशिर राणा, विकास चापागाँई, सदीक्षा पाण्डे, नरेन्द्र केसी मुख्य भूमिकामा रहनेछन् । सिनेमाको लागि अन्य कलाकार छनोट गर्न बाँकी रहेको छ । सिनेमामा हिमाल केसीको एक्सन, नरेन्द्रकुमार सिंहको छायांकन, श्यामकृष्ण मानन्धरको संगीत, मनिष गौतम र रिवाज दाहालको लेखन रहनेछ ।

शिव रेग्मीले निर्देशन गरेको सिनेमा ‘हामी तीन भाई’मा राजेश हमाल, श्रीकृष्ण श्रेष्ठ, निखिल उप्रेती, रेखा थापा, झरना थापा, नन्दिता केसीको मुख्य भुमिका रहेको थियो ।