राष्ट्रपतिबाट निखिलदेखि पत्रकार विदुरसम्म विभूषित

राष्ट्रपतिबाट निखिलदेखि पत्रकार विदुरसम्म विभूषित

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रका विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तिहरुलाई शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक समारोहका बीच विभिन्न मानपदवी, अलंकार र पदकबाट सम्मानित गरेकी छन् । त्यस्तै, कलाकारहरुलाई पनि विभूषित गरिएको छ ।

अभिनेता निखिल उप्रेती प्रबल जनसेवाश्री चतुर्थ श्रेणीबाट विभूषित भएका छन् । भने निर्देशक दिनेश डिसी, अभिनेत्री श्वेता खड्का, गायक धिरज राई, साहित्यकार श्रवण मुकारुङले पनि प्रबल जनसेवाश्री चतुर्थ श्रेणी पदक प्राप्त गरे ।

कीर्तिमय राष्ट्रदीप चतुर्थ श्रेणी पदकबाट लोकगायक बद्री पंगेनी, हास्यकलाकार मनोज गजुरेल, अभिनेत्री भुवन चन्द, निर्देशक फूलमान वल, संगीतकार सुरेश अधिकारी, अभिनेत्री बसुन्धरा भुषाल लगायत सम्मानित भएका छन् । त्यस्तै, जनसेवाश्री पञ्चमबाट पत्रकार विदुर गिरी विभुषित भएका छन् ।