मुकुन्दको ‘एक्स ९’ को निर्माण घोषणा

मुकुन्दको ‘एक्स ९’ को निर्माण घोषणा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – निर्देशक मुकुन्द भटट्ले नयाँ सिनेमा ‘एक्स ९’ को औपचारिक निर्माण घोषणा गरेका छन् । उनले सामाजिक सञ्जालमा मार्फत एक पोस्टर सार्वजनिक गर्दै सिनेमाको घोषणा गरेका हुन् ।

उनले नेपालकै सबैभन्दा ठूलो एक्सन थ्रिलर सिनेमा रहने उल्लेख गरेका छन् । साथै उनले सिनेमाको कलाकारको बारे वैशाख २० गते जानकारी दिने बताएका छन् । यो सिनेमालाई ‘एक्स –९ लेभल १’ नाम दिइएको छ ।

महंगो बजेटमा निर्माण हुने सिनेमामा यादव प्रसाद पाठकको लगानी रहने छ । यो सिनेमाको लागि महंगो पारिश्रमिक सहित अभिनेता अनमोल केसीलाई मुख्य भुमिका अफर गरिएको छ । साथै, अभिनेता सौगात मल्ल, अनुप विक्रम शाही र निश्चल बस्नेतसँग मौखिक सम्झौता भइसकेको छ ।