अदिती र धिरजको ‘बाबरी’ छायांकन लेटाङबाट सुरु

अदिती र धिरजको ‘बाबरी’ छायांकन लेटाङबाट सुरु

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेत्री अदिती बुढाथोकी, धिरज मगर र धिरज टोट्लानीको मुख्य भुमिका रहेने सिनेमा ‘बाबरी’को छायांकन सोमबारबाट सुरु भएको छ । पूर्व लेटाङबाट सिनेमाको शुभसाइत गर्दै छायांकन सुरु भएको हो ।

बाबरी फिल्मको ब्यानरमा निर्माण हुने सिनेमामा पुष्पालता अधिकारी बुढाथोकीको लगानी रहनेछ । सुष्मा गुरुङ सह-निर्माता रहेको बाबरीको छायांकनको लागि मुख्य कलाकार अदिती बुढाथोकी र धिरज मगरलगायतको टिम आइतबार लेटाङ पुगेका थिए ।

सिनेमाको २ साता पुर्वका विभिन्न ठाउँमा छायांकन गरेपछि निर्माण टिम भारतको सिक्किम प्रस्थान गर्नेछ । सिनेमालाई सुरेन्द्र पौडेलले निर्देशन गर्दैछन् । सिनेमाको छायांकनमा अर्का अभिनेता धिरज टोट्लानी एक साता पछि जोडिनेछन् ।

त्रिकोणात्मक प्रेमकथा बोल्ने सिनेमाको छायांकन गतबर्षको लकडाउन अगाडि नै सुरु गर्ने तयारीमा निर्माणपक्ष थियो । तर, कोरोनाका कारण लामो समय लकडाउन भएपछि सिनेमाको काम सुरु हुन सकेको थिएन ।