बेनिशाको ‘प्रेमगन्ज’को छायांकन सुरु

बेनिशाको ‘प्रेमगन्ज’को छायांकन सुरु

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – परिच्छेद सेनले निर्देशन गरिरहेको सिनेमा ‘प्रेमगन्ज’को छायांकन सुरु भएको छ । सोमबार काभ्रेबाट सिनेमाको छायांकन सुरु भएको हो ।

चलचित्र चौतारीको ब्यानरमा निर्माण हुन लागेको सिनेमा ४० दिनको सेड्युल बनाइएको छ । यो सिनेमालाई काभ्रेको केहि भेगसँगै काठमाडौंमा पनि खिचिने सिनेमाकी अभिनेत्री बेनिशा हमालले बताइन् ।

राजु फुयाँलको लगानी रहेको सिनेमामा बेनिशासँगै तेज गिरी, सुप्रिया खनाल, राइडर प्रशान्त, सिम्रन खड्का, आयुषी ढकाल लगायतका कलाकारहरुको अभिनय रहने छ । सिनेमालाई संजय लामाले खिच्दैछन् ।