‘बाबरी’को सेटमा अदिती

‘बाबरी’को सेटमा अदिती

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेत्री अदिती बुढाथोकी यतिबेला पुर्वको लेटाङमा ‘बाबरी’को छायांकनमा व्यस्त छिन् । सिनेमाको सेटबाट उनको केहि तस्बिर सार्वजनिक भएको छ । जसमा अदिती पर्पल कलरको ड्रेसमा देखिएकी छिन् ।

नाम सहितको ड्रेसमा उनले भिन्न पोजमा फोटो खिचाएकी छन् । त्रिकोणात्मक प्रेमकथामा बन्ने सिनेमामा अदिती र धिरज मगर, धिरज टोट्लानीको मुख्य भुमिका रहनेछ । यो सिनेमालाई सुरेन्द्र पौडेलले निर्देशन गर्दैछन् ।

बाबरी फिल्मसको ब्यानरमा निर्माण हुने सिनेमामा पुष्पालता अधिकारी बुढाथोकीको लगानी रहनेछ । सुष्मा गुरुङ सह–निर्माता रहेको सिनेमाको २ साता पुर्वका विभिन्न ठाउँमा छायांकन गरेपछि निर्माण टिम भारतको सिक्किम प्रस्थान गर्नेछ ।