क्यामेरा पूजा गर्दै ‘आँधी तुफान २’ छायांकन सुरु

क्यामेरा पूजा गर्दै ‘आँधी तुफान २’ छायांकन सुरु

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सिनेमा ‘आँधी तुफान २’को छायांकन बिहीबारबाट सुरु भएको छ । चाबहिलको एक पार्टी प्यालेरमा क्यामेरा पूजा गर्दै सिनेमाको छायांकन थालिएको हो । एक दशक पहिलेको सुपहिट सिनेमाको सिक्वेललाई मदन घिमिरेले निर्देशन गर्दैछन् ।

लेखक मौनता श्रेष्ठको लगानी रहने सिनेमामा कनिजका कोइराल, आरती आचार्य, याङ्सु श्रेष्ठ, मुकुन्द थापा, ध्रुव कोइराला, संजय खतिवडा, पुस्कर राउत, सिवन लामा, राजाराम गौतम, गोकुल सुवेदी, सान अधिकारी, सोनी बिसी, जोया बुढाथोकी, रुपा केसी, सरोज दाहाल, बिन्दीया ठकुरी, रमेश तामाङ र बालकलाकार अरुण कालीराज लगायतको अभिनय रहनेछ ।

समाजिक कथामा बन्न लागेको सस्पेन्स र थ्रिलर सिनेमामा रामशरण उप्रेतीको छायाँकन, प्रेम चुल्ठेको एक्सन, सुरेश अधिकारीको संगीत, हरि उप्रेती र दिनेश सुवेदीका गीत, रानी शाक्यको स्वर, कमल राईको नृत्य निर्देशन रहने छ । नारायण चालिसे निर्माण नियन्त्रक रहेको सिनेमाको छायाँकन काठमाडौं, काभ्रे र धुलिखेल गरिनेछ ।