अमेरिकामा ‘लाइफ इन एलए’को ६५ प्रतिशत छायांकन सकियो

अमेरिकामा ‘लाइफ इन एलए’को ६५ प्रतिशत छायांकन सकियो

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अमेरिका र नेपालमा छायांकन हुने सिनेमा ‘लाइफ इन एलए’को ६५ प्रतिशत सुटिङ सकिएको छ । निर्माण टिमको अनुसार सिनेमाको अमेरिकाको सम्पुर्ण छायांकन सकिएको छ । लाइफ इन एलएको अमेरिकाको लस एञ्जलस, सन फ्रान्सिको र लस भेगासमा छायांकन गरिएको छ ।

सुर्य एन श्रेष्ठको निर्देशनमा निर्माण भैरहेको सिनेमाको अमेरिका पार्ट छायांकन क्रिश वारेनले गरेका छन् । भने, सिनेमाको नेपाल पार्टको छायांकन सुदीप बरालले गर्नेछन् । बैशाख महिनाभरी नेपाल सरकारले विभिन्न क्षेत्रमा २५ जनाभन्दा बढि जम्मा नहुन भनेकाले जेष्ठको पहिलो साताबाट परिस्थीति हेरेर छायांकन गरिने प्रोडक्सन डिजाइनर प्रदीप आचार्यले बताए ।

बाश इन्टरटेनमेन्टको प्रस्तुतीमा निर्माण हुने सिनेमामा अकेशा बिष्ट, बाश विष्शु, जरेद बिल्लुप्स, साम भुजेल, आयुस केसी र बिशाल ढकालको अभिनय रहनेछ । सिनेमाका कार्यकारी निर्माता संसार ए सुवेदी हुन् ।

राजेन्द्र ठकुराठी निर्माता रहेको सिनेमा ‘लाइफ इन एलए’मा श्रीकृष्ण बम मल्लको संगीत, उज्वल ढकालको सम्पादन, प्रतिक्षा श्रेष्ठको मेकअप, प्रदीप आचार्य र प्रवीन खत्रीले प्रोडक्सन डिजाइनरको जिम्मेवारी सम्हाल्दै छन् ।