अमेरिकामा परिवारसँग जन्मदिन मनाउँदै सुहाना थापा

अमेरिकामा परिवारसँग जन्मदिन मनाउँदै सुहाना थापा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेत्री सुहाना थापा केहीदिन पहिले सिनेमा ए मेरो हजुर ४ को छायांकन सकेर अमेरिका उडेकी हुन् । परिवार सहित अमेरिका पुगेकी सुहानाले उतै आफ्नो २३ औं जन्मदिन मनाएकी छन् ।

 

डेब्यु सिनेमा ए मेरो हजुर ३ पछि रातारात स्टार अभिनेत्रीको रुपमा उदाएकी सुहानाको माग उच्च छ । तर, हालसम्म सुहानाले होम प्रोडक्सनमा बन्ने सिनेमामा मात्रै अभिनय गरिरहेकी छन् । पहिलो सिनेमाबाट राम्रो फ्यान फ्लोइङ्ग बनाएकी सुहाना ए मेरो हजुर ४ रिलिजको प्रतिक्षामा छिन् ।

कोरोना महामारीका कारण सिनेमाको तीन चरणमा छायांकन गरिएको छ । भदौ १८ लाई प्रदर्शन मिति फाइनल गरिएको सिनेमा कोराना कारण उक्त मितिमा आउने नआउने पक्का भैसकेको छैन् ।

सिनेमामा सुहानाले सुपरस्टार अनमोल केसीसँग दोस्रो पटक सहकार्य गरेकी छन् । सुहाना अध्ययनका क्रममा लामो समयदेखि अमेरिकामा रहँदै आएकी छिन् । उनलाई सिनेमाकर्मीले समाजिक सञ्जाल मार्फत शुभकामना दिइरहेका छन् । उनै सुहानालाई द सिनेमा टाइम्स परिवारका तर्फबाट पनि जन्मदिनको धेरै धेरै शुभकामना ।।।