‘कमेडी च्याम्पियन सिजन २’ अनिश्चित कालका लागि स्थगित

‘कमेडी च्याम्पियन सिजन २’ अनिश्चित कालका लागि स्थगित

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – कान्तिपुर टेलिभिजनबाट प्रसारण भैरहेको कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन सिजन २’ अनिश्चित कालका लागि स्थगित भएको छ । निर्मात्री तथा अभिनेत्री केकी अधिकारीले कोभिड १९ का कारण सिर्जना भएको स्थितीले सिजन २ को एपिसोड छायांकन स्थगित भएको जानकारी दिइन् ।

‘अहिलेलाई हाम्रो छायांकन स्थगित गरिएको छ, तर पक्कै पनि चाँडोभन्दा चाँडो नयाँ ऊर्जासहित आउने नै छौं’ रियालिटी सोले आफ्नो अफिसियल फेसबुक पेजमा उल्लेख गरेको छ । केही समय पहिले शोकी निर्मात्री अधिकारी सहित प्रतियोगिताका केही सहभागिलाई कोरोना भाइरस संक्रमण समेत पुष्टि भएको थियो ।