‘रिदम’ अभिनेत्री श्वेताका श्रीमानको कोरोनाबाट निधन

‘रिदम’ अभिनेत्री श्वेताका श्रीमानको कोरोनाबाट निधन

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – मंगलबार अभिनेत्री श्वेता भट्टराईका श्रीमान मिनल सापकोटाको कोरोना संक्रमणबाट निधन भएको छ । मिलनको उपचारको क्रममा चावहिलस्थित एक अस्पतालको हाई डिपेन्डेन्सी यूनिटमा निधन भएको हो ।

मंगलवार दिउँसो ३ बजे अक्सिजनको लेभल अत्यन्त कम भएपछि सापकोटाको निधन भएको थियो । उनलाई केही दिनअघि अस्पताल भर्ना गरिएको थियो । अभिनेत्री श्वेताले ७ वर्ष अगाडि सापकोटासँग प्रेम विवाह गरेकी थिइन् । उनीहरुको एक सन्तान छोरी पनि छन् ।

बैबाहिक जीवनमा बाँधिएपछि सक्रिय अभिनय जीवनबाट टाढा भएकी श्वेताले ‘रिदम, ब्ल्याकमेल, प्रोड्यूसर’ लगायतका सिनेमामा मुख्य भूमिकामा अभिनय गरेकी थिइन् । सामाजिक सञ्जालको माध्यमबाट सिनेमाकर्मीले श्वेता पति मिलनप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।