डिस होम च्यानल १०८ मा सलमानको ‘राधे’ हेर्न पाइने

डिस होम च्यानल १०८ मा सलमानको ‘राधे’ हेर्न पाइने

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड अभिनित सलमान खान सिनेमा ‘राधे’ हाइब्रिड प्रविधि मार्फत नेपालमा समेत रिलिज हुने भएको छ । सिनेमाको नेपाल राइट्स ए एट्स डिस्ट्रीबूसनले किनेको छ । नेपाली दर्शकले सिनेमा डिस होम च्यानल नम्बर १०८ मा हेर्न हेर्न पाउनेछन् ।

वितरक कम्पनीले राधेको ३२५ रुपैँया टिकट निर्धारण गरेको छ । सलमान खान फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमालाई प्रभुदेवाले निर्देशन गरेका हुन् । डिस होम च्यानल नम्बर १०८ का सञ्चालक दयाराम पाण्डेयले लामो समय फ्रेस सिनेमा हेर्न नपाएका दर्शकलाई कोरोना महामारीमा इन्टरटेनमेन्ट गराउने उद्देश्यले सिनेमाको नेपाल रिलिजको प्रबन्ध मिलाएको बताए ।

एक्शन प्याक्ड सिनेमामा सलमानसँगै दिशा पटानी, रणदीप हुन्ड्डा, ज्याकी श्राफ लगायतका कलाकारको अभिनय रहेको छ । इर्दको अवसर पारेर मे १३ मा सिनेमा हलमा र ओटीटी प्लेटफर्ममा एक साथ रिलिज हुँदैछ ।