अमेजन प्राइमको वेव सिरिज ‘दि लास्ट आवर’मा रोविन तामाङ

अमेजन प्राइमको वेव सिरिज ‘दि लास्ट आवर’मा रोविन तामाङ

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – नेपाली सिनेमाका खलपात्र रोविन तामाङ अभिनित बलिउड वेव सिरिज ‘दि लास्ट आवर’ अमेजन प्राइममा रिलिज भएको छ । ‘पे पर भ्यू’ मार्फत सार्वजनिक भएको सिरिजमा उनी भिलेनको भूमिकामा देखिएका छन् । रोविनलाई सिरिजको केही दिन पहिले सार्वजनिक ट्रेलरमा स्थान दिइएको थिएन ।

आठ एपिसोड लामो सिरिजमा रोबिन यामानाडु नामक तान्त्रिकको भूमिकामा छन् । भारतको उत्तरपूर्वी राज्यको पृष्ठभूमिमा आधारित सिरिजको छायांकन सिक्किम र मुम्बईमा गरिएको हो । सिरिजमा भारतमा बस्ने थुप्रै नेपाली कलाकारहरुको अभिनय रहेको छ । शुक्रबार रिलिज भएको सिरिजलाई दर्शकले निकै रुचाएका छन् ।

अलौकिक क्राइम थ्रिलर सिरिजमा संजय कपूर एक पुलिस अफिसरको भूमिकामा छन् । उनले मुम्बईमा लगातार भइरहेको हत्याको अनुसन्धान गर्ने जिम्मा पाएका छन् । यसै क्रममा उनको भेट तान्त्रिक हुन्छ । संजयले तान्त्रिकको सहयोगमा कसरी हत्याको केश सुल्झाउँछन् भन्ने सिरिजमा प्रस्तुत गरिएको छ । सिरिजको निर्देशन अमित कुमारले गरेका हुन् । सिरिजमा संजय कपुर, कर्मा ताकपा, साहना गोस्वामी, राइमा सेनको पनि मुख्य भूमिका छ ।