भर्चुअल माध्यमबाट चलचित्र पत्रकार संघ नेपालको बार्षिक उत्सव सम्पन्न

भर्चुअल माध्यमबाट चलचित्र पत्रकार संघ नेपालको बार्षिक उत्सव सम्पन्न

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – चलचित्र पत्रकार संघ नेपालले शुक्रबार आफ्नौ ‘२२ औं बार्षिक उत्सव तथा चलचित्र पत्रकारिता दिवस’ भर्चुअल माध्यमबाट मनाएको छ । संघले आफ्ना सम्पुर्ण सदस्य तथा सिनेमा क्षेत्रसँग सम्बधित संघसंस्थाका पदाधिकारीको भर्चुअल उपस्थीतिमा बार्षिक उत्सव मनाएको हो ।

चलचित्र पत्रकार संघ नेपालका अध्यक्ष दिनेश सिटौलाको सभापतित्वमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल रहनु भएको थियो । बिशेस अतिथी नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेल,ज्यु संस्थापक अध्यक्ष भरत शाक्य ज्यु, पूर्व अध्यक्ष बिदुर गिरि, शान्ति प्रिय, निवर्तमान अध्यक्ष सन्दिप सापकोटा र सिनेमा क्षेत्रसँग आवद्ध संघसंस्थाका अध्यक्ष र संघका सम्पुर्ण शाखाका अध्यक्ष अतिथिको रुपमा रहेका थिए ।

भर्चुअल बार्षिक उत्सव समारोहमा संघका संस्थापक अध्यक्ष भरत शाक्यले महामारीका बीच संघका सदस्यको आर्थिक र स्वास्थ्य अवस्थालाई मजबुत बनाउँदै सिनेमा पत्रकारिताको नयाँ गन्तव्य खोज्नु पर्ने बताए । यता संघका पूर्व अध्यक्ष विदुर गिरीले जेष्ठ ७ गते चलचित्र पत्रकारका लागि दशैं र तिहार जस्तै ठुलो पर्व रहेको भन्दै हालको पदाधिकारीले चलचित्र पत्रकारिता पुरस्कार तथा सम्मानलाई छिटै वितरण गर्न सुझाव दिए ।

संघका महासचिब समिर बलामीले सञ्चालन गरेका कार्यक्रममा बोल्ने अधिकांश वक्ताले आगामी दिनमा सिनेमा क्षेत्रलाई कसरी चलायमान बनाउन सकिन्छ भन्ने विषयमा चलचित्र पत्रकारले जोड दिनु पर्ने बताएका थिए । संघका अध्यक्ष सिटौलाले सिनेमा क्षेत्रलाई चलायमान बनाउन सम्पुर्ण संघसंस्थासँग सहकार्य गर्दै अघि बढ्ने बताए ।

यस्तै विगतका वर्षमा चलचित्र पत्रकार संघ नेपालले चलचित्र पत्रकारिता पुरस्कार तथा सम्मान कार्यक्रम गर्दै आएको भएतापनि गतवर्ष र यसवर्ष कोरोना महामारीका कारण आयोजना गर्न नसकिएको भन्दै अवस्था सामान्य भएपछि हाललाई रोकियको पुरस्कार तथा सम्मान कार्यक्रम आयोजना गरिने उल्लेख गरे ।

चलचित्र पत्रकार संघ नेपालका अध्यक्ष दिनेश सिटौलाको मन्तव्य यस प्रकार छ :-

प्रमूख अतिथी विकास वोर्ड अध्यक्ष दयाराम दाहाल ज्यु,
बिशेस अतिथी नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेल,ज्यु संस्थापक अध्यक्ष भरत शाक्य ज्यु, पूर्व अध्यक्ष बिदुर गिरि शान्ति प्रिय ज्यु , निवर्तमान अध्यक्ष सन्दिप सापकोटा ज्यु , पत्रकार महासंघ एसोसियट सचिब पवन आचार्य,पत्रकार महासंघ एसोसियट प्रदेश अध्यक्ष बैकुण्ठ पराजुली कार्यसमितिका पदाधिकारी, शाखा अध्यक्षज्यूहरु, संघ संस्थाका अध्यक्षज्यूहरु, अतिथीगण ,संघका सम्पूर्ण सदस्यज्यूहरु सबैमा हार्दिक आभार तथा नमस्कार ।

आदरणीय अग्रज तथा समकालिन पत्रकार साथीहरू। सबै जनालाई चलचित्र पत्रकार संघको २२ औं बार्षिक उत्सबको अवसरमा आयोजित यो भर्जुअल बैठकमा स्वागत गर्छु। कोरोनाको दोश्रो लहरका कारण जुटेको यो भर्चुअल बैठकमा संघ स्थापनाको २३ औं वर्षमा प्रवेश गरिरहेको सन्दर्भमा सबैलाई बधाई र शुभकामना छ।

कोरोना महामारीका कारण हामीले हाम्रो यो गौरवशाली क्षणलाई यस किसिमले मनाउनुपर्दा हामीलाई दुःख लागेको छ। हामीले यो अवस्था दोश्रो वर्ष भोग्नुपरेको छ। अघिल्लो वर्ष पनि हामीले यसै गरी हाम्रो गौरवमय दिनलाई अभौतिकरूपमा मनाउनु परेको थियो। यसको दुःख एकातर्फ रहेको भएपनि हाम्रा सदस्य साथीहरू हालसम्म यस महामारीबाट सकुशल रहनु भएको खबरले हामी अर्कोतर्फ खुशी पनि छौ. यसैगरी म यस दिनमा कोरोनाका कारण असमयमै आफ्नो जीवन गुमाउन भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्छु।

यसैगरी कर्तव्य पालन गर्ने सिलसिलामा आफ्नो जीवन गुमाउनु भएका पत्रकार साथीहरूलाई पनि सम्झन चाहन्छौ। पत्रकारितामा उहाँहरूको योगदान सँधै स्मरणीय रहनेछ। कोरोनाको विषम परिस्थितिमाथि हामीले छिट्टै विजय प्राप्त गर्ने आशा मेरो छ। यस घडीमा म सदस्य साथीहरूलाई कोरोना सम्बन्धी सम्पूर्ण स्वास्थ्य सावधानीहरूलाई पूर्णरूपमा पालना गर्न र गराउन अहम भूमिका खेल्नसमेत आग्रह गर्दछु। यस गरेमा कोरोनाको कहरबाट हामी छिट्टै निस्कन सक्ने छौं।

वि.सं. २०५६ साल जेष्ठ ७ गते गठित भएको यस संघले सोही दिनलाई आफ्नो बार्षिक उत्सबको दिन मानेर राष्ट्रिय चलचित्र पत्रकारिता दिवसको रुपमा मनाउँदै आएको यहाँहरुमा सर्वविदितै छ। हरेक बर्ष विशेष कार्यक्रमको आयोजना गरि मनाउँदै आएको राष्ट्रिय चलचित्र पत्रकारिता दिवस तथा बार्षिकोत्सब कार्यक्रम यस पटक पनि हामी डिजिटल प्लेटफर्मबाट मनाउँदै छौं ।

मेरो नेतृत्वको कार्यसमिति निर्वाचित भईसकेको केही समयपछि नै देश गतवर्ष लकडाउनमा बस्नु परेको थियो र यो पटक पनि हामी त्यही अवस्थामा छौं। यो लकडाउन लाग्नु अघि संघले आफ्ना केही प्रतिबद्धताहरूलाई पूरा गर्न सक्यो भने केही प्रतिबद्धताहरूको नजिक पुग्ने समयमा दोश्रो लकडाउनको सामना गर्नुपर्यो। यसले ती प्रतिबद्धताहरू स्थगीत मात्र भएको र खारेज नभएकोमा स्पष्ट हुन म सदस्य साथीहरूलाई आग्रह गर्छु। परिस्थिति अनुकुल हुनेबित्तिकै हामी तिनलाई कार्यन्वयन गर्नेछौं।

कोरोना महामारीको पहिलो लहर अलिक साम्य भएको समयमा हामीले केहि कामहरु गर्न सफल रह्यौं । हामीले तीन दिने फोटोग्राफी तथा भिडियोग्राफी कार्यशाला सम्पन्न गर्यौं भने भौतिक रुपमा नै बार्षिक साधारण सभा सम्पन्न गर्यौं । साथमा, विधान संशोधनको लागि विधान सभा पनि सम्पन्न गर्यौं । चलचित्र पत्रकारहरुको आर्थीक तथा मनोवैज्ञानिक सुरक्षाका निमित्त हामी सँधै तयार छौं । त्यसको एक उदाहरण हो, हामीले केहि समय अगाडी हाम्रा सदस्य बाबु शुरेस डिसिको खुट्टाको उपचारको लागि गरेको चलचित्र ‘कालो पोथी’को च्यारिटी । साथै कल्याण कारीकोषकोअभियान अहिलेको बिषम परिस्थितीलाई मध्यनजर गरी मेरो संयोजकत्वमा चलचित्र पत्रकार कोरोना बिशेष समन्वय समिति बनाएका छौं

अघिल्लो पटक लकडाउनकै बीचमा डिजिटल बैठकहरु बस्ने र पत्रकार साथीहरुका लागि आवश्यक सहकार्य हरू पनि गरेका थियौं। हामी यो विषम परिस्थितिमा हाम्रा सदस्य साथीहरूसँग नै छौं। साथीहरू केही समस्या भए हाम्रा कार्यसमितिका जोकोही साथीहरूलाई जानकारी गराउन अनुरोध गर्छु।

हामीलाई थाहा छ, वर्तमान अवस्थामा चलचित्र पत्रकारिताको धेरै संभावनाहरु देखिएको छ । तर, त्यतिकै रुपमा चूनौतीहरु पनि हाम्रो सामु खडा छ । चलचित्र पत्रकारितामा देखिएको आंशिक विकृती र विसंगतीलाई परास्त गर्दै पूर्ण रुपमा हामी संगठित र मर्यादित हुने बाटोमा अग्रसर भएका छौं ।

समयक्रमसँगै सूचनाप्रविधि र इन्टरनेटको बढ्दो विस्तारले संचारकर्मलाई धेरै भन्दा धेरै पहुँचमा पुर्‍याएको छ। मोबाइलले मानिसहरूको संचारमाध्यमसँगको पहुँचलाई सहज र सरल बनाइदिएको छ। यसले हामीलाई काम गर्न सहज बनाएको छँदैछ योसँगै हाम्रा जिम्मेदारी र जवादेहिता पहिले भन्दा अझ बढि हुनुपर्ने बनाएको छ।

पहिलो लकडाउनमा हामीले गर्दै आएका नियमित कामहरूलाई के गर्ने र कसरी गर्ने भन्ने बारेमा एउटा अन्योलमा थियौं। यसपटक साथीहरूले अन्यौलतालाई चिर्दै आफ्नो कामहरू गरिरहनुभएको छ। मलाई लाग्छ समस्यामा अल्झिने भन्दा पनि सोसँगै जुध्ने हाम्रो हिम्मतले हामीलाई अझ अगाडि बढाउने छ। हामी यसरी नै अगाडि बढिरहनेछौ। संघले निर्दिष्ट गरेको पथलाई सदा अंगाल्दै उद्देश्य हासिलका लागि हामी कटिवद्द भएर लागिरहने प्रतिवद्धता व्यक्त गर्दछौं फेरी पनि असहज परिस्थितिमा हामीले एकअर्कालाई आवश्यक सहयोग गर्दै अघि बढौं भन्दै मेरा भनाइ यही समापन गर्छु, शुभकामना।

धन्यवाद।

दिनेश सिटौला
अध्यक्ष,
चलचित्र पत्रकार संघ नेपाल
केन्द्रिय कार्यालय
अनामनगर, काठमाण्डौ, नेपाल ।